१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

बिहिबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१९ माघ, काठडमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । चौथो काराेबारकाे दिन सामान्य अकंले बढेको सेयर बजार आज फेरी ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१२ अकंले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ । आज २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ५० लाख रुपैयाँमाथि, आइएमई जनरल इन्स्योरे्रन्सको ४ करोड ९० लाख, अपि पावरको ४ करोड ८४ लाख र चिलिमे हाइड्रोपावरको ४ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:१२