१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?


१९ माघ, काठमाडाैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले साधारणसभा बाेलाएकाे छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न छैठौं वार्षिक साधारण फागुण १३ गते बिहान ११ बजे, सहमति संस्था, विजय चोक गैंडाकोट नवलपरासीमा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले फागुण २ गते बुकक्लोज गर्ने जनाएको छ । यसकाे अर्थ फागुण १ गतेसम्म  कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन तथा साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १३:०६