प्रदेश राजधानीलाई लिएर कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध, १ बजेसम्मका लागि बैठक स्थगित
१२ असोज, धनगढी । प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् । विपक्षीको अवरोधपछि प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रदेश राजधानी गोदावरीलाई तोक्ने प्रस्ताव अाएकाे र अाफुहरूकाे सुझाव नलिएकाे भन्दै बैठक अवरुद्ध गरेको हाे । प्रदेश राजधानीबारे सर्वपक्षीय, सार्वदलीय छलफलहरु गराएर सुझाव दिनुपर्ने कांग्रेसको माग छ ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १२:४३