१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

ज्ञानेन्द्रको ‘कु’ र बालबाल बाँचेका बालगोपाल

-किरण देउजा

२०६१ माघ १९ !

अर्थात आजकै दिन ।

स्मय: विहान १०:०० बजे

तत्कालीन राजा ज्ञानेन्द्रले सरकार ‘कु’ गरेर देशको नाममा सम्बोधन गर्दै थिए ।

सञ्चारको सबै माध्यम बन्द थियो । टेलीफोन/मोबाइल सेवा अवरुद्ध थियो ।

विहान ५:३० तिर इनारमा पानी तान्दै थिए, हातमुख धोएर चाडै क्याम्पस जाने योजनामा थिए । त्यही समयमा ३/४ जना नौलो मानिसहरू आएर सोधे, “भाइ महेन्द्र पाण्डेको घर कुन हो” ?

मैले उ त्यही हो भनेर देखाइदिए।

तिनीहरुले किन सोधे, वास्ता गरिन । महेन्द्र सरलाई भेटन धेरै मानिसहरु आइरहन्थे । सोछे, कार्तकर्ताहरु आएका होलान् !

केही समय पछि तिनीहरुले सरलाइ लिएर गएछ्न् । जो पुलिस थिए । सादा पोसाकमा आएका रहेछन् ।

(म त्यो बेला स्वर्गीय राजेन्द्र सुवेदीको घरमा बस्थे । राजेन्द्र सर र महेन्द्र सरको घरको दूरी २ मिटर जति होला)

पत्रिका किन्न गए । (त्यो बेला दैनिक जसो पत्रीका किन्थे) टोलभरी नया मान्छे थिए ।चिया पसलमा नयाँ -नया हुलियाको मान्छेहरु जम्मा भैसकेका थिए। तिनीहरु खासै गफ नगर्ने, पत्रपत्रिका हेरेको जस्तो गर्ने, त्यहा भएको कुरा सुनिरहेका थिए।

राजाले देशबासीको नाममा सम्बोधन गर्छन्, केही पक्कै गर्छन् भन्ने हल्ला ब्यापक थियो। मलाई पनि राजाको सम्बोधन सुनेर मात्र क्याम्पस जान लग्यो।

केही बेरमा राजाको सम्बोधन सुरु भयो । उनले शेरबहादुर देउवालाई प्रमबाट हटाएको, सम्पूर्ण शक्ति हातमा लिएको आदि भने।

टेलीफोन/मोबाइल बन्द।

के गरुँ/नगरु भयो। एकपटक क्याम्पस पुगेर आउछु भनेर हिडे।

सबै त्रसित भएको अनुभुती भयो।

क्याम्पस पुगेको मात्र के थिए, प्रशासनको सरहरुले आरसी लामिछाने र निरज सापकोटा लगायत अखिलका नेताहरु पक्रेर लगेको छ भने। किरण तिमी जोगिनु है भन्नुभयो ।

उक्त सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपाल बाट प्रत्यक्ष प्रशारण भैरहेको थियो।

हो, त्यही दिन राजाको सम्बोधन नसकिदै, प्रतिगामी कदम हो भन्दै विहानको १०:१५ नहुदै सडकमा आएर विरोध गरेको भादै आरसी लामिछाने लगायत १५/२० जना विद्यार्थीहरुलाई पक्राउ गरेर पुलिसले लगेको रहेछ ।

राजकुमार राई दाजुलाई कोठाबाटै पक्राउ गरेछन्।

क्याम्पसको वातावरण पुरै सुनसान र त्रसित थियो । सादा पोसकका प्रहरीहरु धेरै थिए।

आर आर स्ववियु का तत्कालीन सभापति बालगोपाल उपाध्याय दाइसंग भेट भयो। दाइले आरसी दाईहरुलाई कहाँ राखेको छ भन्ने सुचना पाउनुभएछ। किरण तिमी गएर आरसीलाई भेटेर आउ, ब्याग नबोक, परिचयपत्र नबोक, आरसीको भाइ हुँ, गाउँबाट आएको भन्नू भनेर सिकाउनु भयो।

अनामनगरमा १ दिन राखेर प्रहरी पहरा गणमा लगिसकेछ ।

तत्कालीन समयमा मानव बधशालाको रुपमा चिनिएको भैरवनाथ गण, महाराजगन्जमा लगेर थुनेको थियो । त्यहा जान डरमर्दो थियो। तर बालगोपाल दाइले – “किरण मलाई पक्राउ गर्छ, तिमी जाउ, तिमिलाई केही गर्दैन, केही गर्‍यो भने म छु “भन्नुभएको थियोे । डर त थिएन । तर मलाई नि राख्ला कि जस्तो चै मनमा थियो ।

भैरबनाथ गण पुगे। गेटमा भएका सैनिक जवानले चर्को स्वरमा सोधे “कसलाई भेट्न आएको ?

“म आरसी लामिछानेको भाइ हुँ, गोरखादेखी भेट्न आएको” आइडी कार्ड छ ?

“हाम्रो स्कुलमा आइडी कार्ड बनाउने चलन छैन् सर” भने ।

तिनलाई के लागेछ कुन्नी, बाहिर अरु धेरै मान्छेलाई कुराएर राखेरा थिए, मलाई चै भित्र जान दिए। सायद सानो केटो, मालिन आवाज, जाडो महिनाम पनि पातालो स्विटर सहित हुलिया देखेर हो कि !

भित्र गएपछि छक्क परे । राजकुमार दाइ, सुरेन्द्र बस्नेत, सुजाता कोइराला, श्याम श्रेष्ठ लगायत धेरै चिनेको अनुहार देखेर छक्क परे।

त्यहा गफगाफ गरे, बालगोपाल दाइको सन्देश सुनाए । बाहिरको परिस्थिति बताए। उहाँहरुको सन्देश सहित हाम्रो सम्पर्क स्थानमा बालगोपाल दाइलाई भेटे । केही समय भेटघाट गोप्य स्थानमा नै हुन्थ्यो ।

तत्कालीन समयमा चिनिएका विद्यार्थी नेताहरूलाई पुलिसले पक्रिन्थ्यो। त्यो बेला बालगोपाल दाइ बाल-बाल बच्नुभएको थियो ।

केही समय पश्चात् अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरे । मानवअधिकारकर्मी, सञ्चारकर्मी आदिको व्यापक दबाद अनि अदालतले आदेशले आस्थाका बन्दीहरु छुटेका थिए।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:४१