१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

बढेकाे बजारमा बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१८ माघ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । केहि दिन यता निरन्तर ओरालो लागि रहेको सेयर बजार आज भने सामान्य अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९७ अकंले बढेर २११६.६५ बिन्दुमा बन्द भएकोछ ।

आज २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको कारोबार भएको छ । यस दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको  हाे ।

त्यस्तै, रिडी हाइड्रोपावरको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ६ लाख रुपैयाामाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:१३