२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

डिम्याट खाता खोली सेयर अभौतिकीकरण गराउन सेयरधनीहरूलाई अप्पर तामाकोशीको आग्रह

१८ माघ, काठमाडाैं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानियहरुलाई हितग्राही (डिम्याट) खाता अभौतिकिकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गरी हालसम्म थुप्रै स्थानीय सेयरधनीहरुले डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकीकरण गर्न बाँकी रहेकोले यथाशीघ्र सेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो।

दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको लागि बाँडफाँड गरिएको सेयर, भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने गरी अभाैतिकिकरण गर्ने व्यवस्था रहेकोमा हालसम्म पनि उल्लेख्य संख्यामा सेयरधनीहरुले हितग्राही खाता उपलब्ध गराई सेयर अभौतिकिकरण गर्न बाँकी रहेको भन्दै कम्पनीले सेयर अभौतिकिकरण गर्नको लागि सूचना प्रकाशित गरेकाे जनाएका छ ।

डिम्याट खातामा जम्मा गरी अभौतिकीकरण गरेपछि मात्रै सेयर खरिद–बिक्री गर्न सकिने र भविष्यमा वितरण हुनसक्ने बोनस तथा हकप्रद सेयर डिम्याट खातामै सीधै जम्मा हुने व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ।

कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट माघ महिनाभर निःशुल्क डिम्याट खाता र मेराे सेयर खोल्ने सुविधा प्रदान गरिएकोले हितग्राही खाता (Demat Account) खोली अभाैतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय सेयरधनीहरूले  छिटाे असार मसान्तसम्म निःशुल्क खाता खोली सेयर अभौतिकिकरण गराउन सूचनामा भनिएकाे छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १३:३७