वेथितिले अाक्रान्त बन्यो समाजकल्याण परिषद्, पदाधिकारी र कर्मचारीको मिलेमतोमा मनलाग्दी
१२ असोज, काठमाडाैँ । समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो । परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पदसम्म एकैपटक ४४ जनालाई बढुुवा गरेको तथ्य अहिले आएर खुलेको हो ।
निजामति सेवामा उक्त ऐनको दफा २४(घ) लगाएर बढुवा गर्न पाउने प्रावधान थियो । उक्त दफाअनुसार हुने बढुवालाई ‘पानी बढुवा’ भनिन्थ्यो । २० वर्षसम्म काम गरेर पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने प्रावधान थियो । तर पछिल्लो संशोधनबाट उक्त प्रावधान हटाइसकिएको छ ।
परिषद्कै कर्मचारी सेवा सर्त नियमावली, २०५० ले पनि जेष्ठताको आधारमा कर्मचारीबाटै कायममुकायम निर्देशक बनाउन सकिने व्यवस्था गरेको भए पनि उक्त पद ६ महिनासम्म रहने व्यवस्था छ । तर उक्त नियमावली विपरीत कामु पद २ वर्षसम्म कायम गरेको रहस्य खुलेको छ ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ०९:२८