२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१७ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । नेप्सेमा रिडी पावर कम्पनी र अरुणभ्याली हाइड्रोपावर कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे हाे ।

१) रिडी पावर कम्पनी

रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३८५ रूपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) अरुणभ्याली हाइड्रोपावर कम्पनी

अरुणभ्याली हाइड्रोपावर कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३०८ रूपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३३३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भाेलि बुधबारदेखि यी कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १६:३१