मंगलबार रिडि पावरसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
१७ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा बन्द भएकाे छ ।
कूल २५९ वटा कम्पनीकाे ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
आज कारोबार भएका कूल १३ उपसमूहमध्ये हाइड्राेपावर बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । मंगलबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड २० लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । साथै, लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख रुपैयाँ, गुराँस लाइफको ७ करोड ६७ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १५:३२












