२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

दाेहाेराे अंकले घट्याे सेयर बजार, आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट

१७ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा बन्द भएकाे छ ।

कूल २५९ वटा कम्पनीकाे ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये हाइड्राेपावर बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । मंगलबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड २० लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय ९४ रूपैयाँ २० पैसा पुगेकाे छ । यस दिन प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १५:२६