१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

२०० प्रतिशत हकप्रद निष्कासन गर्न हिमालयन उर्जाले चयन गर्यो बिक्री प्रबन्धक

१७ माघ, काठमाडाैं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा हिमालयन उर्जा विकासको तर्फबाट कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे तथा नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको हो। कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले १ करोड ९८ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो

सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १३:५३