रुरु जलविद्युतको नाफामा गिरावट, ईपीएस ईपीएस कति ?
१७ माघ, काठमाडाैं। रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो नाफा गत वर्षको तुलनामा ९.३० प्रतिशले कम हाे ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.१३ प्रतिशतले घटेर ९ करोड १५ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ९६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ घटेर १५ करोड ४ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ११ करोड १७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा रहेको छ ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १३:१८












