कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड मिति तय, १० कित्ता सेयर हात पार्ने कति ?
१७ माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेड आईपीओ बाँडफाँड मिति तय भएकाे छ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड माघ १९ गते बिहीबार बिहान १० बजे हुने भएकाे हाे । आईपीओकाे बाँडफाँड कम्पनीकाे बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रिय कार्यलय नारायणचौर नक्साल, काठमाडौंमा हुनेछ ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६ सय ४० जनाले मात्रै १० कित्ता सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १०:३८














