१४ पुष २०८१, आईतवार | Sun Dec 29 2024

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

१६ माघ, काठमाडाैं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवर्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, दुईपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईपक्षीय भेटकाक्रममा परराष्ट्रमन्त्री पौड्यालले भुकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १५:२३