१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अपि पावरले पायाे विद्युत नियमन आयोगबाट स्वीकृति

१५ माघ, काठमाडाैं । विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ। कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीकाे माघ २ गते सोमबार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी चार अर्ब तेह करोड बत्तीस लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेकाे थियाे ।

कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेका आयोजनाहरुको ऋणमोचन गर्न यो हकप्रद जारी गर्ने निर्णय गरिएको जनाएको छ।अब आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १६:१६