३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

विश्व बैंकले पुल मर्मतसम्भार गर्न नेपाललाई १३ अर्बभन्दा बढी ऋण दिने 

११ असाेज, काठमाडौँ । विश्व बैंकले पुल मर्मतसम्भार गर्न नेपाललाई १३ अर्बभन्दा बढी ऋण दिने भएकाे छ । कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि विश्व बैंकले रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको हाे ।

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार २०:०४