थप १२ निर्माण कम्पनी कालाेसूचीमा (ठेकेदारको नामसहित)
१५ माघ, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १२ नाम चलेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई एकवर्षदेखि तीन वर्षसम्ममा लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयले आइतबार सार्वजनिक सूचना जारीगर्दै उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयको १३ पुसको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी यी निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई तोकेको अवधिसम्म कालो सूचीमा राखिएको र निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागहुन सक्ने छैनन् ।
प्रकाशित मिति : १५ माघ २०७९, आईतवार ०८:२७