७० करोड बराबरको इलेक्ट्रिक कम्पनी अर्कैकाे नाममा नामसारी गर्ने कम्पनी रजिष्ट्रारका दुई उपसचिव पक्राउ
११ असोज, काठमाडौं । कीर्ते गरेर ७० करोड बराबरको इलेक्ट्रिक कम्पनी अर्कैकाे नाममा नामसारी गर्ने दुई उपसचिव पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत् उपसचिव धर्मराज रोकाया र गंगाधर पौडेल रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई शंकर ईलेक्ट्रिकल इन्डष्ट्रिज प्रा.लि. का सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराइ स्वामित्व हस्तान्तरण गरेको भन्ने आधारमा बुधबार बबरमहलबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनीहरुको मिलेमतोमा भारतीय नागरिक राम निरञ्जन जटियाको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि. नामको कम्पनी रामेछापका जीतबहादुर मगरको नाममा नामसारी गरेको पाइएको थियो ।
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १८:३१