२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माओवादी स्थायी समिति बैठकमा तीन प्रतिवेदन पेस

१३ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनादर्न शर्माले संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

यस्तै अध्यक्ष प्रचण्डले पहिलो दिन पेस गरेको प्रतिवेदनमाथि २७ जनाले धारणा राखेका छन् । स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्डले बैठक जारी राख्ने तर केही दिन स्थगित भएको जानकारी दिँदै महासचिव देव गुरुङ र उपमहासचिवहरुलाई बैठकमा उठेका विषयहरुबारे केन्द्रीय समितिको कार्य विभाजन, पोलिटब्युरोको पूर्णता, पार्टी एकता लगायत सबै बिषयमा कंक्रिट रुपमा आगामी बैठक पेस गर्न निर्देशन दिएको नेता महराले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:५५