२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

१३ माघ, काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्। संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १३:५४