६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अमेरिकी डलरकाे भाउ स्थिर, कुन देशको विनिमय दर कति?

१३ माघ, काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि अमेरिकी डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।

युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६१ पैसा पाइन्छ। अघिल्लोदिन यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसामा भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ११ पैसा तोकिएको छ। यसअघि यसको खरिदमूल्य १६० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ९३ रुपैयाँ नाघेको छ । यसको खरिददर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर शुक्रबार ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसामा पाइन्छ।

यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८२ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:१५