प्रधानमन्त्री ओली र ब्रिटेनकी प्रधानमन्त्री टेरिजाबिच भेटवार्ता, गोर्खा सैनिकको सुविधाबारे ओलीकाे चासो
११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेबिच भेटवार्ता भएसंगै प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खा सैनिकहरूको हकहितकाे विषयमा चासाे देखाएका छन् ।
यसबारे ब्रिटिश सरकारको धारणा भने सार्वजनिक नभए पनि ब्रिटिश सरकारले पेन्सन लगायतका सुविधामा गोर्खा सैनिकहरुलाई विभेद नगरेको बताउँदै आएको छ । तर करिब दुई सय वर्ष अघिदेखि ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुले पेन्सन लगायतका सेवा सुविधामा विभेद गरिएको गुनासो गर्दछन् ।
यसबारे कानुनी लडाइँ लड्दा पनि अदालतको फैसला सकारात्मक नआएपछि उनीहरुले नेपाल सरकारले कुटनीतिक पहलमार्फत् समस्या समाधान गरिदिनुपर्ने माग राख्दै आएका छन् । भेटवार्तामा ओलीले नेपालको विकासमा ब्रिटेन सरकारको सहयोगको प्रशंसा गर्दै टेरिजा मेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।
प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १३:१९