तपाईंको खातामा आयो त मन्दाकिनी हाईड्रोपावरकाे लाभांश ? नआए यसो गर्नुस्
१२ माघ, काठमाडाैं । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । पुस ३० गते सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाबाट पारित गरिएको साेही ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ । हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएसँगै बाँकी सेयरधनीकाे खातामा उक्त लाभांश क्रमश जम्मा गरिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:३२













