२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सेयरधनीहरुकाे हात खालि बनाउँदै बुद्धभुमी नेपाल हाईड्रोपावरले बाेलायाे साधारणसभा

१२ माघ, काठमाडाैं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा फागुन ५ गते वालनट विष्ट्रो एण्ड व्यांक्वेट, पानीपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन । याे बर्ष सेयरधनीहरूकाे हात खालि हुनेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन्।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १०:५०