२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

बागमती प्रदेशमा एमालेका ३ मन्त्रीकाे टुंगो लाग्याे

११ माघ, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंगाे लगाइकाे छ । ४ मन्त्रालय पाएकाे एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

एमालेले बाँकी ३ जनामा काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठ र मकवानपुरका एकालाल श्रेष्ठलाई पठाउने निर्णय गरेकाे हाे । एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । १४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:१६