हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन
९ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेर जाेखिमपूर्ण अवतरण गरेपछिउनिहरूलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको जानकारी दिए । विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गर्नुपर्नेमा निगमका पाइलटहरुले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीको निर्देशन दिइएको निरौलाले जानकारी दिए ।
प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १७:४०