३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ ।

रोपियन युरो खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १६ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११:१६