२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रवासी अगुवाहरु सम्मानित (फोटोफिचर)

८ माघ, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाले मञ्चको गत नोभेम्वरमा सम्पन्न अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित उपाध्यक्ष रमेश पाण्डे सहितका अगुवाहरुलाई शनिवार सिड्नीमा आयोजित कार्यक्रममा सम्मान गरेको छ ।

मञ्चले इस्वी संवत २०२३को सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान सहितको कार्यक्रममा उपाध्यक्ष पाण्डे सहित मञ्चको अन्तर्राष्ट्रिय कमिटीको सचिवालय सदस्य तथा ओशियान क्षेत्रका इन्चार्ज विनोद श्रेष्ठ, सदस्यहरु शिशिर नेपाल र बिजय फुयाललाई मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीले सम्मान गरिएका थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नव निर्वाचित मञ्चका अन्तर्राष्ट्रिय उपाध्यक्ष पाण्डेले मातृ भुमीको संवृद्धिका लागि प्रवासमा रहेका नेपालीहरुले योगदान गर्न आवश्यक रहेको बताउदै संविधान निर्माण पछि देशमा लगानीको लागि वातावरण बन्दै गएकाले लगानी नेपालमा भित्राउनुका साथै विदेशमा प्राप्त ज्ञान सिपलाई मुलुकको उपयोगमा लगाउन आग्रह गरेका थिए । पाण्डेले ओएनएफ अष्ट्रेलियाले नेपालमा कोरोना महामारीका समयमा सहयोगका लागि अन्तराष्ट्रिय कमिटीले चलाएको आर्थिक सहयोगको अभियानमा गरेको महत्वपुर्ण भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आश्यक पर्दा त्यसलाई जारी राख्न आग्रह गरे ।

कार्यक्रममा मञ्च अन्तर्राष्ट्रियका सचिवालय सदस्य तथा ओशियाना ईन्चार्ज विनोद श्रेष्ठ, सदस्य शिशिर नेपाल, एनआरएनए अन्तर्राष्ट्रियका सचिव होम पाण्डे, अष्ट्रेलिया उपाध्यक्ष देव गुरुङ, फेनका एनएसडव्लुका अध्यक्ष बिष्णु हमालले नया वर्षको शुभकामना सहित मन्तव्य राखेका थिए । मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकाश पन्थीको संचालनमा भएको थियो । भने आर्थिक विभाग प्रमुख दिपक पहारीले स्वागत मन्तव्य र युवा इन्चार्ज भुवन पाण्डेले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : January 22, 2023 at 6:02 pm