१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

फुलपातिको साँझसम्म आइपुग्छन् प्यारा पनि (गजल)


–सीता शर्मा
दशैं तिहार आइसक्यो घरको छानो छाँउछु म त ।
राखेकी छु मखमलको चोली झिकी लाँउछु म त ।

फुलपातिको साँझसम्म आइपुग्छन् प्यारा पनि
उनकै हात समाइ रमाइ देउसी भैलो गाँउछु म त ।

सयपत्री अनि मखमली लटरम्मै छन् आँगनभरी
माला उनी घर-आँगन, कोठाहरु सजाँउछु म त ।

कर्कलोमा क्राको हाली अचार नि साँध्नु पर्ला
चिनी फिनी अनरसा सेलरोटी नि पकाँउछु म त ।

हनिमुन नि मान्न नपाइ पसेका हुन् परदेश उनी
यसपाली त काले संगै मठ मन्दिर धाँउछु म त ।

सीता शर्मा
लमही दाङ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १६:१६

https://srdb.com.np/