२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राप्रपा नेपालको केन्द्रीय समिति बैठकको तयारीका लागि पदाधिकारीसँग छलफलमा कमल थापा

७ माघ, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय समिति बैठकका विषयमा पदाधिकारी लगायतसँग छलफलमा बसेका छन । काठमाडाैँबाट नुवाकोट जाने बाटोमा ओशो तपोबन छेउमा रहेको ग्रीनलिप्स रिसोर्टमा शनिबार बिहानदेखि थापाले पार्टी पदाधिकारीसँग छलफल गरिरहेका छन । आगामी माघ ९ र १० गते काठमाडौंमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा बैठक चलिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा,प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गरेका छन् ।

प्रतिबेदन माथी पदाधिकारीले टिप्पणी सहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य बिषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिती बैठक काठमाडौंमा बोलाईएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १४:३०