२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

उपसभामुखमा सोभिताको चर्चामात्रै, राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने

६ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार चयन गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सांसद इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोभिता गौतम उपसभामुखको उम्मेदवार हुने भनेर चर्चा भएको थियो ।

अझ बिहीबार समामुख चयन भएपछि सोभिताको नाममा सामाजिक सञ्जाल कब्जै जस्तो बनेको थियो । तर शुक्रबार बिहान बसेको बैठकले रानालाइ उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ०९:२६