२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

इन्दिरा रानालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार  बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

झापाकी मगर समानुपातिक सांसद हुन् । सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ११:२०