१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

दि भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी छनाेट


१० असाेज, काठमाडाैँ । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्लाइण्ड अडिसन राउण्ड समाप्त भएको छ । ब्लाइण्ड अडिसन राउण्डमा नेपालभरका विभिन्न स्थानबाट आएका प्रतियोगीहरुले आफ्नो प्रस्तुती दिएका थिए । उक्त शो को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल रहेका छन् ।


चार निर्णायकहरुले आफ्नो टिममा भित्र्याउन प्रतियोगीहरुलाई निकै प्रयास गरेका थिए तर त्यसमा मुख्य आधार भने उनीहरुको गायन कला र प्रतिभा नै थियो । चारै निर्णायकहरुले आफ्नो टिममा १२ जना प्रतियोगी छनौट गर्न सफल भएका छन् । पहिलो चरणको ब्लाइण्ड अडिसन राउण्डको समाप्तिसँगै अब ‘ब्लाटल राउण्ड’ शुरु हुनेछ । सो ब्याटल राउण्डमा प्रतियोगीहरुले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै निर्णायक तथा कोचहरुले प्रतिस्पर्धीलाई तयार पार्नेछन् ।

चार निर्णायक तथा कोचहरुले ब्याटल राउण्ड निकै कठिन हुने बताएका छन् । उनीहरु सकेसम्म आफ्नो टीमका प्रतियोगीलाई उत्कृष्ठ बनाउन लागि परेका छन् । नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ले नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १३:५६

https://srdb.com.np/