२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

५ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बिहीबार कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनीकाे मर्जरपछिकाे कायम सेयर सूचिकृत भएको हाे ।

नेप्सेमा कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६ सय १३ दशमलव ५७ कित्ता सेयर कुमारी बैंकको नाममा धिताेपत्र सूचीकरण विनियमावली, २०७५ अन्तर्गत काराेबार हुन सक्ने गरी सूचीकरण गरिएकाे हाे ।

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० रूपैयाँ दरको २ कराेड कित्ता सेयर सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नाममा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकरण भएकाे हाे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १६:५६