नेप्सेमा कुमारी र एनसीसी बैंककाे सेयर सूचीकृत, आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको सेयर सूचीकृत गरेको छ ।
साविकको कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने/ गाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको २६ करोड २२ लाख ५८ हजार ८१३ कित्ता सेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी माघ ५ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८९.५६ रुपैंया तोकेको छ । यी दुई बैंकका सेयरधनीहरूले आइतबारदेखि कुमारी बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् ।
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १६:२३












