११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

५ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको सेयर सूचीकृत गरेको छ । बिहिबार नेप्सेमा सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात बनेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर सूचिकृत भएको हो ।

नेप्सेमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नामबाट प्रति सेयर अंकित मूल्य १०० रुपैयाँको दरले २ करोड कित्ता सेयर  सूचिकृत भएको हो । कम्पनीको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज ३६७ रुपैयाँ ५० पैसा तोकेको छ । नेप्सेले कम्पनीको सेयरलाई “एसजिआईसी” संकेत दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १६:०५