अन्तिम कारोबारको दिन एनआइसी एशियासहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
५ माघ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार झिनाे अंकले घटेको सेयर बजार आज भने केही सुधार देखिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ । आज २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया बैंकमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १८ करोड ४ लाख ४४ हजार रुपैयाँ शेयर खरिद बिक्री भएको छ ।
साथै, रिडी पावरको १२ करोड ३२ लाख, पिपुल्स हाइड्रोपावरको १० कराृेड ४० लाख रुपैयाँ र अपि पावरको ९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १५:१३












