२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुखका लागि देवराज घिमिरे योग्य र सक्षम व्यक्ति भएकाले सबैले मतदान गरौंः प्रकाश अधिकारी

५ माघ, काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सभामुख पदका उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान गर्न सबैलाइ आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै अधिकारीले देवराज घिमिरे सभामुख पदका लागि योग्य र सक्षम व्यक्ति भएकाले उनलाई सबैले मतदान गर्नुपर्ने बताए ।

साथै उनले अहिलेको सरकारले संविधान संशोधनसहित नागरिकता विधेयक लगायत अरु जनताका समस्या समाधान गर्न तत्परता देखाउनुपर्ने बताए । लोकतान्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्ने सहितप्रति अधिकारीले सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १३:५८