२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

४ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज मेगा बैंक, रूरू जलविद्युत परियाेजना र  गुराँस लाइफ इन्स्याेरेन्स  कम्पनीकाे बोनस सेयर सूचिकृत भएको हाे ।

१) गुराँस लाइफ इन्स्याेरेन्स

नेप्सेमा गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड​काे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता सेयर सूचिकृत भएको हो ।

२) मेगा बैंक नेपाल लिमिटेड

नेप्सेमा मेगा बैंक नेपाल लिमिटेडकाे ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार एक सय ८४ दशमलव ५८ कित्ता सेयर सूचिकृत भएको हो ।

३) रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड

नेप्सेमा रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ४ लाख ४८ हजार ४ सय ७६ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १५:३३