२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सेयर बजारमा सामान्य गिरावट, ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

४ माघ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएकाे छ । केही दिन यता सुधार तिर लम्किरहेको सेयर बजार आज भने ओरालो लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ ।

आज २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।

आज रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै कम्पनीको आज ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ  ।पिपल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, ग्रिन भेन्चरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १५:२७