पप्पुले ठेक्का पाइरहे देश कंगाल बन्छः पूर्व प्रधानमन्त्री भट्टरार्इ
१० असोज, काठमाडाैँ । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पप्पु कन्सट्रक्सन जस्ता कम्पनीले ठेक्का पाइराखे देश कंगाल बन्ने बताएका छन । संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टरार्इले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणाी गरेका हुन ।
उनले बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने अवस्था अाउन नदिन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र पप्पुजस्ता बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन ‘सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन, इन्जिनियर, ठेकेदारबीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भइहने र देश कंगाल बनिरहने शृंखला रोकिन्न है !’, अमेरिकामा रहेका डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें ! छिटो कदम चालियोस् !’
प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ११:०८