लाभांश पारित गर्न रिडी पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
४ माघ, काठमाडाैं । रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज माघ ४ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २९ गते गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई प्रस्तावित चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ माघ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभाग हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १२:४५












