रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने
४ पुस, काठमाडाैं । रिडी पावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको आज माघ ४ गते बुधबार बसेको संचालक समितिको बैठकले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मे.वाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूँजी व्यवस्थापन गर्न कम्पनीको बाेनस सेयर वितरण पश्चात् कायम हुने १ कराेड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशत अर्थात १:०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय भएकाे हाे ।
बिद्युत नियमन आयोगले पूर्व स्वीकृती दिएपछि, कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन तथा बिक्री गर्ने छ ।
प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:४६












