२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

नेत्र विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड ८ लाख रुपैयाँको इसा अवार्ड

४ माघ, काठमाडौँ । नेत्र विशेषज्ञ डा सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन । झन्डै १३ करोड ८ लाख रुपैयाँ नेपाली पैसाको अवार्ड मानव हितमा गरेको योगदानको कदर गर्दै रूइतलाई प्रदान गर्ने निर्णय भएको हो ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको यस प्रतिष्ठित इसा अवार्ड मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ। सन्दुकलाई आगामी फेब्रुअरीमा स्वर्ण पदकसहित प्रमाणपत्र प्रदान गरिने छ ।

२०१३ देखि प्रदान गरिँदै आएको अवार्ड बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले वितरण गर्छ । यो अवार्डको पाँचौं संस्करण हो।

आँखाको उपचारमा सबैको पहुँच पुर्‍याउन लेन्सको आविस्कार गरी उपचार सेवालाई नेपालका साथै संसारभर पुर्‍याउन डा सन्दुकले योगदान गरेका छन । यो राशी पुरस्कार र सम्मान प्राप्त गर्ने रूइत नेपालको पहिलो व्यक्ति बनेका छन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०९:१८