३२.७२ अकंले बढ्याे सेयर बजार, ३ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट
३ माघ, काठमाडाैं । सेयर बजारमा सुधार देखिएकाे छ । ४ दिनपछि खुलेकाे बजारमा सुधार देखिएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७२ अकंले बढेर २१८२.११ बिन्दुमा बन्द भएको छ ।
आज २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ । आज अपि पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।
कम्पनीको सेयर २३ करोड २६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ग्रिन भेञ्चर,आदर्श लघुवित्त, पिपुल्स पावरको सेयरमा सकारात्मक लागेको हाे। यस दिन प्रभु सेलेक्ट फण्डको सेयर सर्वाधिक घटेकाे छ
प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १५:२४












