४ दिनपछि खुलेकाे बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
३ माघ, काठमाडाैं । सेयर बजारमा सुधार देखिएकाे छ । ४ दिनपछि खुलेकाे बजारमा सुधार देखिएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७२ अकंले बढेर २१८२.११ बिन्दुमा बन्द भएको छ । आज २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ । आज अपि पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २३ करोड २६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपर तामाकोशीको ११ करोड ३८ लाख, ङादी ग्रुप पावरको १० करोड ४८ लाख, रिडी हाइड्रोपावरको ९ करोड ४ लाख र हिमालयन डिष्टिलरीको ८ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १५:१५












