६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । सोमबार यसको खरिद मूल्य १२९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज युरोपियन युरो खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद रद १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसामा भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ १५ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्री ३४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ २३ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ११:१८