भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचाैँ पटक नेपाल अाउँदै, जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने
९ असोज, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउने भएका छन । भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुने जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्न मोदी जनकपुर आउन लागेका हुन । यसअघि गएको वैशाख २८ गते उहाँ जनकपुर भ्रमणमा अाएका मोदीको जनकपुरका लागि यो दोस्रो भ्रमण हुनेछ । लाग्नुभएको हो । सम्भवतः जयनगरबाट जनकपुरका लागि छुट्ने रेलबाटै उहाँ जनकपुर आउने बताइएको छ ।
भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेको हुनाले उनको भ्रमणलार्इ अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल आउन लागेका मोदी विवाहपञ्चमीको अवसर पारेर मंसिर १२ अथवा १३ गते आउने कार्यक्रम रहेको छ । त्रेता युगमा राम र सीताको विवाह भएको स्मरणमा जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाइन्छ । यससँगै मोदीले भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण समेत गर्ने श्रोतले जनाएको छ ।
प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार २०:३५