२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मन्त्रालयको भागवण्डा टुंगियो, एमालेलाई ८ मन्त्रालय अरूलाई कति ? मन्त्रीको सपथ भोलि १ बजे

२ माघ, काठमाडौँ । सत्तारूढ दलहरूको बैठक सकिएको छ । पाँच घण्टा भन्दा बढी चलेको दलहरूको बैठक राति १० बजे सकिएको छ । बैठकपछि सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूको बीचमा मन्त्रालयको संख्या र नाम टुंगिएको र भोलि मंगलबार दिउँसो १ बजे सपथ हुने जानकारी दिए ।

बैठकले माओवादीलाइ प्रधानमन्त्रीसहित ४ मन्त्री र १ राज्यमन्त्री, एमालेलाई ८ मन्त्री र तीन राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ मन्त्री र एक राज्यमन्त्री, राप्रपलाई  २ मन्त्री र एक राज्यमन्त्री भाग परेको छ । जसपालाई २ मन्त्री र एक राज्यमन्त्री एवं जनमत पार्टीलाई १ मन्त्री दिनेगरी भाग लागेको छ ।

बालुवाटार स्रोतका अनुसार सबै दलले मंगलबार बिहान १० बजेभित्र प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम  दिने सहमति समेत भएको छ । बैठकले मन्त्रिहरूको सपथपछि मात्र कांग्रेससहितका दलहरूको बैठक गर्ने सहमति समेत गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २२:२७