२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमाले सांसद अप्सरा चापागाईं बागमती प्रदेशसभाको उपसभामखुमा निर्वाचित

२ माघ, हेटाैँडा । नेकपा एमालेकी सांसद अप्सरा चापागाईं वाग्मती प्रदेशसभाको उपसभामखुमा चयन भएकी छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा कांग्रेस उम्मेदवारलाइ पराजित गर्दै चापागाईं उपसभामुखमा विजयी भएकी हुन ।

१०८ सांसदले सहभागिता जनाएको बैठकमा सभामुख भुवन पाठकबाहेक १०७ सांसदले मत मतविभाजन प्रक्रियामा सहभागी भएका थिए । चपागाईंको पक्षमा ६१ मत परेको छ । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । चापागाईं सत्तारुढ गठबन्धनबाट उम्मेदवार हुन ।

दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १९:१७